• गृहपृष्ठ
  • जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न निर्देशन

जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न निर्देशन

May 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २ जेठ

काठमाडौं महानगरपालिकाले आगामी जेठ २० गते भित्रै आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयलाई वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ ।

आइतबार महानगरले विज्ञप्ति जारी गर्दै जुनसुकै पक्रियाबाट भएपनि परीक्षा सञ्चालन गरेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेको हो ।

विद्यालयलाई अनुकूल र मूल्यांकन गर्न उपयुक्त हुने प्रक्रिया अनलाइन परीक्षा र (अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफान, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य) उपयुक्त ढाचा अपनाइँ निर्धारित समयमा मूल्यांकन गर्न विद्यालयले निर्देशन दिएको छ ।