शिक्षक आन्दोलित

May 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २ जेठ

नेपाल शिक्षक महासंघले जेठ ५ देखि १८ गते सम्म आन्दोलनको विज्ञप्ति जारी गर्दै दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । देशैभर रहेका शिक्षकहरुको हक हितकालागि काम गरिरहेको महासंघले शिक्षा मन्त्रालय र महासंघ विच भएको सम्झौता अनुरुप कुनै माग पुरा नभएको भन्दै सो विज्ञप्ती जारी गरको हो ।

महासंघका अनुसार निजी विद्यालयहरुले शिक्षकहरु निष्काशन गरिरहेको, स्थनिय स्तरमा शिक्षकको दरवन्दी मिलानमा अनियमितता गरेको र शिक्षकहरुको समस्या र माग बारे बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
महासंघले ३४ बुदेँ माग राख्दै यस अघि बैशाख २० गते देखि ३१ गते सम्म पहिलो चरणको आन्दोलन गरेको थियो ।

दोस्रो चरणको आन्दोलनका क्रममा महासंघले ५ गते प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, लगाएत शिक्षा मन्त्रालय र अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षणका लागि खुल्ला पत्र बुझाउने भएको छ ।

साथै ७ गते सबै शिक्षक कर्मचारीले शिक्षा मन्त्री र अर्थमन्त्रीको मोबाईल नम्वरमा शिक्षक र विद्यालय कर्मचारीलाई अविलम्ब कोरोना विरुद्धको खोप दिईयोस् र बालकशिक्षाका शिक्षक कर्मचारीको तवल बृद्धि गरियोस् भन्ने नारालाई मेसेज पठाउने विज्ञप्तीमा उल्लेख गरिएको छ । भने ११ गते सबै शिक्षक तथा कर्मचारीले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएको ६ वटा मुख्य मागलाई छातीमा टाँस्ने र टाउकोमा कालो पट्टी बाँधेर फोटो खिची आफ्नो फेसबुकमा पोस्ट गर्ने बताईको छ ।