• गृहपृष्ठ
  • नेपालमा शाओमीको पोको एक्स ३ प्रो सार्वजानिक

नेपालमा शाओमीको पोको एक्स ३ प्रो सार्वजानिक

May 16th, 2021

काठमाडौ जेठ २

पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को पर्फमेन्स लेगेसीलाई ध्यानमा राखेर आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ । पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ, जसले उत्कृष्ट पीक प्रोफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रीक्वेन्सीको प्रदान गर्दछ । एनटुटु स्कोर ४९१००० प्लसका साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ्ग हो ।

पोको एफ ३ प्रो मा लिक्विडकुल प्लसको सुविधा रहेको छ । एउटा कुलिङ्ग सलुसन जसमा ठूलो कपर हिट पाइप र ग्राफाइटको मल्टिपल लेएरलाई प्याक गरेर उपकरणको थर्मल क्यापासिटीलाई घटाउने काम गरिन्छ । यो उपकरण टप अफ द लाइन हार्डवेयर जस्तै एलपीडीडीआर४ र युएफएस ३.१ को साथ आउँछ जुन मूल्य खण्डको उद्योगमा छिटो मोबाइल स्टोरेज टेक्नोलोजी हो ,जुन युएफएस ३.० भन्दा ३ गुणा छिटो छ र युएफएस २.१ भन्दा १४ गुणा छिटो रहेको छ ।

स्मार्ट र छिटो १२० हट्र्जको डिस्प्ले

कम्पनीले पोको एक्स ३ प्रो मा रियालिटी फ्लो १२० हट्र्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्लेको प्रस्तुत गरेको छ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो, जसले रिफ्रेस रेटलाई ५० हट्र्ज, ६० हट्र्ज, ९० हट्र्ज वा १२० हट्र्जमा आफै एट्जस्ट गर्छ । अनइन्टरप्टेड एज टु एज अवलोकनको अनुभवको लागि उपकरणमा १६.९ सेन्टिमिटर(६.६७) फूल एचडी+कोडिस्प्ले २४००ह१०८०रेजोलुसनको साथ डट–टाइप बेजेल–लेसको समावेश गरिएको छ जसलाई फ्ल्यागशिप लेभल कर्निङ्ग गोरिल्ला ग्लास ६ ले सुरक्षित गरिएको छ । यसमा २४० हट्र्जको टच स्याम्पलिङ्ग रेट पनि रहेको छ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १० को सर्पोटको साथ स्टनिङ्ग भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।

प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअप

पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ÷१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ÷२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याव्रmो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन्। भर्सटाइल क्यामेरा सेटअपमा २० एमपीको फ्रन्ट क्यामेरा छ, जसले प्राकृतिक दृश्यलाई कब्जा गरि ट्रु टु लाइफ कलर क्वालिटीलाई प्याक गरेर प्रयोगकर्ताहरुलाई राम्रो सेल्फी र फोटो खिच्न मद्दत गर्दछ ।यो उपकरणले ३०÷६० एफपीयसमा ४ के भिडियो रेकर्डिङ्गलाई समर्थन गर्दछ र कन्टेन्ट व्रिmएसन र सोसियल मिडियाको स्टोरिजको लागि उच्च क्वालिटी प्रदान गर्न स्मुथ भिडियो जुम, फोकस पिकिङ्ग र एई÷एएफ लक भ्लगमोडका साथ विभिन्न फिचर्सहरुलाई प्रस्तुत गर्दछ ।साथैयसमा नाइट मोड २.०, लङ्ग एक्सपोजर, क्लोन फोटो र भिडियो मोड जस्ता फिचर्सहरु पनि आउँदै छन् ।

प्रो ब्याट्री प्रो चार्जिङ्ग

पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्री मध्यको एक हो । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ । यो उपकरणमा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पनि रहेको छ र यसले २६ वाटको युएसबी पीडी चार्जलाई सपोर्ट गर्छ जुन यसको खण्डको सबैभन्दा छिटो पीडी सर्पोट हो ।

प्रो फोन, प्रो सुविधाहरु

पोको एक्स ३ प्रोमा डुअल स्टेरियो स्पिकर रहेको छ । यो हाई–रेस अडियो हो, जुन आप्टएक्स टिएमएचडीबाट प्रमाणित छ । यसले समग्रमा मल्टिमिडिया र इमर्सिभ गेमिङ्ग एक्सपेरियन्सको लागि ठूलो र स्पष्ट ध्वनी प्रदान गर्दछ ।स्मार्ट कार्यक्षमतालाई फिचर गर्दै उपकरणमा रहेको स्पीकरहरुमा स्वतः सफा गर्ने क्षमता रहेको छ, जसले स्थिर अपरेशनलाई सुनिश्चित गर्छ र लामो रनमा स्पष्ट अडियो क्वालिटी प्रदान गर्दछ । उपकरणलाई दुर्घटनात्मक झर्न र स्क््रयाचहरुबाट सुरक्षित राख्दै पोको एक्स ३ प्रो आइपी ५३ सर्टिफिकेसनको साथ आउँछ जसले यो सुनिश्चित गर्छ कि यो उपकरण रफ वेदर कन्डिसन्समा धुलो र पानी इन्गे्रस हुनबाट सुरक्षित छ ।

कम्पनीका अनुसार पोको एक्स ३ प्रो तीन वटा ग्राफाइट ब्ल्याक,स्टील ब्लु र गाल्डेन ब्रन्ज रङ्गमा उपलब्ध हुनेछ । यसको नेपाली मुल्य ३१ हजार ९ सय ९९ (६ जीबी+१२८ जीबी) र ३६ हजार ९ सय ९९ (८ जीबी+२५६ जीबी) रुपैयाँ तोकिएको छ । अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा सोमबार देखि यो स्मार्टफोन उपलब्ध हुने छ ।