सन्देशमुलक गीत ‘मास्क खै’ सार्वजनिक

May 16th, 2021

काठमाडौ, जेठ २

चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आर को संयुक्त प्रस्तुतिमा संदेश मुलक गीत मास्क खै डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा लि. को अफिसिअल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन ।

गीत मार्फत विश्व भर कोरोना महामारी ले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भिडभाड मा नजाऔ भन्ने संदेश दिइएको छ । पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथाबस्तु समेटी गित बजारमा ल्याईरहेका अदृस्य गायक तथा संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गित एक्सन स्टुडियो नेपाल मा रेकर्ड भएको हो, गितको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

भिडियोका क्यामराम्यान रोनिश तामांग, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन ब्यस्थापक बिबेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रबन कुमार मिश्र रहेको छन भने सम्पादन कृष्ण गौतमले गरेकाहुन् । भिडियोमा बाल कलाकार दीपा गौतम, दिपेश गौतम आदिको अभिनय रहेको छ ।