• गृहपृष्ठ
  • शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाइने : मन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाइने : मन्त्री श्रेष्ठ

May 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३१ फागुन
दास्रो पटक शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका कृष्णगोपाल श्रेष्ठले कोभिडले आक्रान्त पारेको शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

शीतल निवासमा राष्ट्रपति समक्ष सपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री श्रेष्ठले स्थगित भएको एसईई लगायतका परीक्षाबारे मन्त्रालयले चाँडै निर्णय हुने बताएका हुन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभीटीको सन् २०२१–२०२५ को पाँच वर्षे रणनीति सम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरेका छन् ।