• गृहपृष्ठ
  • विपद व्यवस्थापन गर्न प्याब्सनद्वारा समिति गठन

विपद व्यवस्थापन गर्न प्याब्सनद्वारा समिति गठन

May 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३१ फागुन


निजी लगानीका विद्यालयहरूको छाता संगठन प्याब्सनले कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले केन्द्रीय अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरि प्याब्सन राहत कोषको स्थापना गर्दै विभिन्न उपसमितिहरू गठन गरेको हो ।

विशेष गरी संगठनका सम्पूर्ण सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजनसहितको आइसोलेशन बेडहरुको व्यवस्थापन गर्ने, पीडितहरुलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावकहरु एवं आमनागरिकहरुमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु अबिलम्ब थालिने जनाएको छ ।

प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिहरुले आ–आफ्नो स्थानमा सरकार तथा अन्य सरोकारवाला संघ–संस्थाहरुसँग आवश्यक सम्पर्क, समन्वय र सहयोग गरी मूल समितिमा जानकारी गराउन संगठनले अनुरोध गरेको छ ।