• गृहपृष्ठ
  • महामारीमा पनि विदेशको शिक्षाका लागि २१ अर्ब बाहिरियो

महामारीमा पनि विदेशको शिक्षाका लागि २१ अर्ब बाहिरियो

May 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३१ फागुन

महामारीका बिचमा पनि यो वर्षको ९ महिनामा बिदेश पढ्न जाने विद्यार्थिहरुबाट करिब २१ अर्ब ७ करोड बाहिरिएको छ । विदेशमा रोजगारी गुमाएपछि नेपालबाट रकम पठाउनु परेको र कैयनले यहिबाट कलेजको शुल्क तिरेकाले यस्तो रकम बाहिरिएको हो ।

देशमा गुणस्तरीय शिक्षाको अभाव रहेको भन्दै उच्च शिक्षाको खोजिमा प्रत्येक वर्ष ३८ हजारको हाराहारीमा बिद्यार्थि बाहिरिन्छन् । यि विद्यार्थिसँगै ठूलो रकम पनि नेपालबाट उच्च शिक्षाका लागि बाहिरिने गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार मात्रै प्रकाशन गरेको देशको वित्तीय स्थिती सम्वन्धि ९ महिनाको प्रतिवेदनमा शिक्षाका लागि मात्रै देशबाट २१ अर्ब ७ करोड बाहिएिकोछ । गत वर्षको चैत यता देखि मात्रै महामारी फैलिएको हो । महामारी फैलिनु अघि गत वर्ष २४ अर्ब ६० करोड बाहिरिएको थियो । यसरी हेर्दा महामारीकै बिचमा पनि उच्च शिक्षाका लागि बाहिरिने रकममा भने खासै कमि आएको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल बाहिरिएको रकम मध्ये करिब २० प्रतिशत त बिदेशमा पढ्न गएका र रोजगारी गुमाएकाहरुलाई नेपालबाट पठाइएको रकम हो । यसबाहेक उच्च शिक्षाका लागि आवेदन दिएर नेपालबाट कलेजको शुल्क बुझाइएको र केहि थोरै रकममात्रै विद्यार्थिले आफु जाँदा लगेको रकम हो । महामारीका कारण यो वर्ष ३ हजारको हाराहारीमा मात्रै विद्यार्थिहरु विदेशीएका छन् ।

आर्थिक वर्ष २०६५/०६६ मा विदेश जानका लागि २४ हजार ८ सय २४ जनाले अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधा सिफारिसपत्र लिएका थिए । यसको १० वर्षपछि अर्थात आर्थिक वर्ष २०७५/०७६ मा यो संख्या १ सय ५४ प्रतिशतले बृद्धि हुँदै ६३ हजार २ सय ५९ जनाले यस्तो पत्र लिएका थिए ।

गत वर्ष चैतमसान्तसम्म २२ हजार ४५ जनाले २२ हजार हाराहारी लिएकामा गत वर्षको चैतसम्म २२ हजार ४५ लिएका थिए । यसरी हेर्दा महामारीका बिचमा पनि विदेश पढ्न जाने बिद्यार्थिको संंख्यामा भने खासै कमि आएको छैन ।

देशमा गुणस्तरीय उच्च शिक्षाका साथै रोजगारीको व्यवस्था गर्न नसक्ने हो भने देशबाट युवाशक्तिसँगै अर्बाै रकम त बाहिरिनेछ नै बौद्धिक ब्यक्तिको पलायनले दक्ष जनशक्तिको अभाव हुनसक्छ ।