• गृहपृष्ठ
  • विद्यार्थीहरु अनलाईन शिक्षाप्रति असन्तुष्ट

विद्यार्थीहरु अनलाईन शिक्षाप्रति असन्तुष्ट

May 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, बैशाख ३०

दोस्रो लहरको कोरोना संक्रमण शुरु भए लगतै अहिले देशभर अनलाइनको माध्यमबाट अध्यापन भईरहेको छ । निजी विद्यालयहरुले नयाँ शैक्षिकसत्रका पाठ्य पुस्तक समेत पढाउन थालिसकेका छन् । तर बौकल्पीक माध्यमबाट पढ्ने विद्यार्थीहरु भने अनलाईन शिक्षा प्रति सन्तुष्ट देखिदैनन् ।

भर्खरै कक्षा ९ बाट कक्षा १० मा गएका निराजन रिमाल अनलाईन कक्षा लिईरहेका छन् । तर बेला बेलामा नेटमा आउने समस्याले उनले राम्रो संग अनलाईन कक्षा लिन पाईरहेका छैनन् ।
यो वर्ष पनि सुरुवाती क्रममा यही समस्या दोहोरीएको भन्दै उनी हैरान भईसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए संगै विद्यालयहरुले विभिन्न बैकल्पीक माध्यमहरु जुम, माईक्रोसोफ्ट टीम आदि प्रयोग गरी अध्यापन गराईरहेका छन् । तर अनलाईन शिक्षा कति प्रभावकारी भईरहेको छरु भन्ने बारे कसैको ध्यान गएको देखिदैन ।

निराजन भन्छन् मोबाइलको सानो स्क्रीनमा लगातार ५ घन्टा दैनिक जसो बस्नु पर्छ, ईन्टरनेट पनि राम्रो चल्दैन अब कहिले शिक्षकले पढाएको राम्ररी बुझिदैन कहिले आफुले दिएको जवाफ शिक्षकले बुझ्नुहुन्नु । विद्यालयहरुले शुरु गरेको अनलाइन अध्यापन उचित विकल्प भएपनि प्रविधिको प्रर्याप्त उपलब्धता नहुँदा यसले नकारात्मक असर परिरहेको शिक्षा विद्हरुको भनाई छ । नेपालको शिक्षा प्रणाली कक्षा कोठामा फेस टु फेस पढाउने ढाँचाले निमार्ण गरिएको छ, त्यसैले अनलाइन माध्यमबाट पढाउने भन्ने बितिकै शिक्षामा पढाउने शैलिनै बदल्नु पर्ने शिक्षाविद् बालकृष्ण लुइँटेल बताउँछन् ।

अहिले करिव ८० लाख विद्यार्थीहरु घरमै अनलाईन कक्षा लिईरहेका छन् । तर अनलाइन शिक्षाका लागि ईन्टरनेट जडिट एन्ड्रोईड मोवाईल, आईप्याड, ल्यापटप बा कम्प्युटर चाहिने हुन्छ जुन धेरै विद्यार्थीको पहुँचबाट अझै टाढा रहेको छ । यसको बारेमा सरोकारवाला निकाय तत्काल गम्भीर हुन आवश्यक देखिएको छ ।