• गृहपृष्ठ
  • दिपेन्द्र खड्काको शब्द सन्तोष फागो को “ए माच्छी जालैमा” सार्वजनिक (भिडियो सहित)

दिपेन्द्र खड्काको शब्द सन्तोष फागो को “ए माच्छी जालैमा” सार्वजनिक (भिडियो सहित)

May 13th, 2021

काठमाडौ, बैशाख ३०

बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलायन भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागोको प्रस्तुतिमा पुर्बेली गीत “ए माच्छी जालैमा” स्टुडियो भिडिओ रिलिज भएको छ ।

गीतको शब्द दिपेन्द्र खड्काले लेख्नुभएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीतलाई गायक तथा संगीतकार कृष्ण भक्त राईले संगीत एरेन्ज गरेका हुुन । मेल स्वर सन्तोष फागोको रहेको छ भने फिमेल स्वमा चर्चित गायिका सुनिता थेगिमले दिएकाछन । मुस्कान मुकारुङ्गको मिक्सिंग मास्टर रहेको छ । स्टुडियोमा किङ्ग स्टुडियो र सेवा रेकर्ड स्टुडियो मा छायांकान र रेकर्डको काम सम्पन्न गरिएको छ ।

फिमेल स्वरको मिक्सिंग मास्टर मुस्कान मुकारुङ्गले गर्नुभएको हो भने मेल स्वर क्बेज स्टुडियोमा रेकर्डर पाउल चेरिनले गरेका हुुन । भिडिओ भने बिरेन मादेनले खिचेका हुन । सिमिक्लुंग दर्पण युट्युब च्यानलबाट गीत प्रसारण गरिएको छ । गीतको सम्पादन मनोज राईले गरेका हुुन ।