• गृहपृष्ठ
  • प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा दिँदै श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल

प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा दिँदै श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल

May 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २९ वैशाख

दिनदिनै वृद्धि भइरहेको कोरोना सङ्क्रमितको संख्याले गर्दा अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ । अस्पतालमा बेड र अक्सिजनको अभाव हुँदा सङ्क्रमितको उपचार हुन सकिरहेके छैन् । कोरोना महामारीको दोश्रो लहरले स्वास्थ्य क्षेत्रलाई समग्र रुपमा गम्भीर नकारात्मक असर पारेको छ । जनमानसमा जोखिम बढ्दै गएकाले धेरैजसो अस्पतालहरूले ओपीडी सेवा बन्द गरेका छन्। यो महामारीलाई स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चूनौतीको रुपमा विश्वभरि नै लिइएको छ । यस विषम परिस्थितिमा अस्पतालको पहुँच असम्भब जस्तै भएको छ ।

संक्रमण त्रास बीच होम आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरुलाइ लक्षित गरी श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको क्रियाशिल जिल्ला सिमितिहरुमार्फत स्वास्थ्य हेल्प डेस्क स्थापना गरी दक्ष चिकित्सकबाट परामर्श सेवा तथा अन्य आवश्यक जानकारी एव सहयोग प्रभावकारी ढंगले उपलब्ध गराउन श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले कोभिड संक्रमण नियन्त्रण हेल्प डेस्क तथा चिकित्सा परामर्श सेवा सञ्चालन गरेको छ ।

युवाहरुलार्ई आध्यात्मिक आधारशिला तथा मार्गदर्शन बमोजिम नैतिक, सक्षम र सेवामुखी बनाई समाजमा व्याप्त हिंसा, दुव्र्यसन, कुप्रथा र कुरीति विरुद्धको सचेतना अभियानको सम्बाहक बनाउदै व्यक्तित्व विकास तथा सामाजिक सेवामा संस्थागत ढंगले परिचालन गराउने उद्देश्यले वि.सं. २०४७ सालमा स्थापित श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले शुरु गर्न गइरहेको कोभिड संक्रमण नियन्त्रण हेल्प डेस्क तथा स्वास्थ्य परामर्श सेवा कार्यक्रमको उद्देश्य र व्यवस्थापनका विषयमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका राष्ट्रिय अध्यक्ष एवं काठमाण्डौ महानगरपालिका सूचना तथा प्रविधि विभाग प्रमुख नमराज ढकालसँग गरिएको कुराकानी ।

कोभिड संक्रमण नियन्त्रण हेल्प डेस्क किन र के का लागि ?

अहिलेको परिस्थितिमा भनेको सबैभन्दा ठूलो मान्छेको जीवन हो । दिनहुँ हजारौ नागरिक कोरोना संक्रमित र सयौ मर्ने भयावह अवस्था रहेको र हरेक अस्पतालहरुमा अक्सिजनको हाहाकार, बेड नपाइने अवस्था रहेको छ । अहिले अस्पताल गयो कि कोरोना सरिहाल्छ कि भन्ने डरले हरेक नागरिक त्रसित भइरकेको अवीथामा कोभिडको सामान्य लक्षण भएका बिरामी र अन्य स्वास्थ्य समस्या परेका बिरामीलाई विद्युतीय माध्यमबाट परमर्श र सेवा दिने उद्देश्य सहित श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले यो अभियान शुरु गरेको हो । हामीले सहायता केन्द्र अर्थात हेल्प डेस्क केन्द्रिय सहायता केन्द्र र जिल्लास्तरीय सहायता केन्द्र बनाई सञ्चालन गर्न गइरहेका छौ । चितवन जिल्ला समितिले हेल्प डेस्क स्थापना गरी दुईजना डाक्टरबाट स्वास्थ्य परामर्श सेवा र दुईवटा एम्बुलेन्सबाट निःशुल्क सेवा शुरु गरिसकेको छ र अन्य जिल्लाहरुमा पनि यस कार्यलाई निरन्तरता दिनेछौ ।

केन्द्रिय सहायता केन्द्र र जिल्लास्तरीय सहायता केन्द्रमा के फरक छ ? अनि यस केन्द्रले कसरी काम गर्छ ?

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको मुलुकभर ७ प्रदेशमा संयुक्त प्रदेश समिति सहित ५ वटा प्रदेश समन्वय समिति, ४५ जिल्लामा जिल्ला समितिहरु र जिल्ला समिति मातहत स्थानीय तहमा १८५ वटा प्रारम्भिक समितिहरु क्रियाशिल रहेका छन् । त्यस्तै १० वटा अन्तराष्ट्रिय मुलुकहरुमा समेत परिषद्को संजाल भएकोले हेल्प डेस्कको आवश्यकता हेरी परिषद्कका विभिन्न जिल्लाहरुमा रहेको शाखाहरुबाट यो अभियान सञ्चालन गर्न गईरहेको हो ।

जिल्लास्तरीय सहायता केन्द्रले जिल्लाभरको कोभिडबाट संक्रमित होम आईसोलेसनमा बसेका विरामीको विवरण संकलन गर्ने, होम आइसोलनसमा बसेका विरामी वा विरामीको आफन्तसँग सम्पर्क गरी स्वास्थ्य परामर्श तथा अन्य सहयोगको आवश्यकता बारे जानकारी लिने र आवश्यक परेको बिरामीहरुलाई सूचिकृत चिकित्सक वा जनस्वास्थ्यविदसँग टेलिफोन लगायत सामाजिक सञ्जालको माध्यमबाट सम्पर्क गराईदिने काम गर्दछ । त्यस्तै अस्पतालसम्म लैजानुपर्ने अवस्थामा एम्बुलेन्स सेवा तथा अस्पतालमा चेकजाँच र भर्ना सम्बन्धी कार्यमा आवश्यक सहयोग गर्दछ ।

केन्द्रिय सहायता केन्द्रले भने जिल्लास्तरीय सहायता केन्द्रको क्षमता विकास सम्बन्धी अभिमुखीकरण, स्वास्थ्य परामर्श सेवा तथा अन्य सेवा सञ्चालनमा सहयोग, समन्वय, सहजीकरण एवं आवश्यक निर्देशन दिने गर्दछ । चिकित्सक, जनस्वास्थ्यविद र मनेपरामर्शविद जस्ता विशेषज्ञ स्वास्थ्यकर्मीहरु सूचि तयार गरी जिल्ला हेल्प डेक्समार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सहकार्य गर्नुका साथै आवश्यक श्रोत साधनको व्यवस्था मिलाईदिने र कार्यको अनुगमन गर्ने काम केन्द्रिय सहायता केन्द्रले गर्दछ ।

चिकित्सा परामर्श सेवा कार्यक्रम पनि गर्दै हुनुहुन्छ, त्यसको बारेमा पनि जानकारी गराइदिनुस् न ?

सर्वप्रथम सिनियिर विशेषज्ञ डाक्टरको नेतृत्वमा कोभिड १९ नियन्त्रण तथा उपचार सम्बन्धी स्वास्थ्य परामर्श प्रोटोकल तयार पारी परामर्श सेवामा संलग्न हुने चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरुको सामाजिक सञ्जाल वा एप्समा ग्रुप तयार गर्छौ । यो टेलिमेडिसनको प्रारुपको रुपमा सञ्चालन गर्न गइरहेको कार्यक्रम हो । त्यसैले चिकित्सकद्धारा अप्रत्यक्ष ( भरचुअल स्वास्थ्य परामर्श ) तथा प्रत्यक्ष रुपमा हेल्प डेक्समार्फत कोभिडको संक्रमित विरामीलाई रोकथाम र उपचार सम्बन्धी परामर्श सेवा उपलब्ध गर्दछ । सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी समय समयमा स्वास्थ्य विशेषज्ञ र प्राविधिक जनशक्तिहरुको बीचमा छलफल अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्नेछ । कोभिडको संक्रमणको जोखिमको कारण सामाजिक दुरी कायम राख्नु पर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने भएकोले टेलिफोन, सामाजिक सञ्चालन एवं कम्प्युटर सफटवेयरको प्रयोग गरी भर्चुअल रुपमै सेवा गर्ने जमर्को गरेका हौ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

हाम्रो यस श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले समाजिक कामहरुमा युवाहरुको नेतृत्व विकास, स्वयम्सेवक परिचालन, वालविकास, जेष्ठ नागरिक र महिला विकासका कार्यक्रम, सरसफाई तथा वातावरण संरक्षण सम्बन्धी, शिक्षा तथा स्वास्थ्य सेवा कार्यक्रम जस्ता विविध क्षेत्रमा सेवा दिँदै आइरहेकोमा अहिले कोभिड १९को महामारीमा सामाजिक दुरी कायम गरी सेवा दिनपर्ने चुनौती रहेतापनि यस परिषद्ले सेवाको भावना सहित यो अभियान अगाडि बढाएको छ । आशा छ हाम्रो यस अभियानबाट उपचार नै नपाई मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुका साथै जोखिम पूर्ण अस्पतालको यात्रालाई कम गरी हेल्प डेस्क र स्वास्थ्य परामर्श र सेवाबाट नै सर्वसाधारणले स्वास्थ्य सेवा पाउनेछ । यस सेवाका बारेमा परिषद्को वेभसाईट धधध।उचबलबmष्थयगतज।यचन।लउ मा विस्तृत विवरण हेर्न समेत आग्रह गर्दछु ।