एकै दिन २७ अंंकले बढ्यो नेप्से

May 11th, 2021

काठमाडौ, बैशाख २८

नेप्से एकैदिन २७ अंंकले बढेको छ । नेप्से आज २७ दसमलव ४७ अंकले बढेर २६ सय ७३ दसमलव ३१ अंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव १२ अंकले बढेर चार सय ७८ दसमलव २४ अंकमा चढेको छ । आज दुुई सय २० वटा कम्पनीहरुको ६२ हजार छ सय ५९ पटकको कारोवारमा एक करोड आठ लाख १९ हजार पाँच सय ३५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ३८ अंकले बढेर १७ सय ८५ दसमलव १९ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि २१ दसमलव सात अंकले बढेर २६ सय नौ दसमलव छ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा बढी कमाउने कम्पनीहरुको सुचीमा बोर्टलर्स नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।