नेप्सेमा एकै दिन २७ अंकको उच्च बृद्धि

May 10th, 2021

काठमाडौ, बैशाख २७

अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार भने उच्च अंकले बढेको छ । नेप्से आज २७ दसमलव ४१ अंकले बढेर २६ सय ४५ दमसालव ८४ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ३५ अंकले बढेर चार सय ७५ दसमलव १२ अंकमा पुुगेको छ । दुुई सय १८ वटा कम्पनीहरुको ५१ हजार दुुई सय ३५ पटकको कारोवारमा ७५ लाख ७९ हजार तीन कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब २० करोड ३८ लाख ३२ हजार सात सय ८९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुुदै सबै सुचक बढेर नेप्से पुरै बढष्ेर हरियो भएको छ । आज बाँँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६१ अंकले बढेर १७ सय ८१ दसमलव ८१ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि १५ दसमलव ९८ अंकले बढेर २५ सय ८९ दसमलव ८२ अंकमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।