• गृहपृष्ठ
  • एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित

एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित

May 10th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २७

यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । आज विहान बसेका राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।