• गृहपृष्ठ
  • काठमाडौं महानगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित

May 9th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २६

काठमाडौं महानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।

आइतबार महानगरले विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो ।

महानगरले यसअघि जेठ ३ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

बढ्दो कोभिड १९ को संक्रमणका र जारी निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएकाले परीक्षा स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।