• गृहपृष्ठ
  • फत्ताले गराए ‘सामिप्यता’ मा प्रथम र नेहाको रोमान्स (हेर्नुस् भिडियाे)

फत्ताले गराए ‘सामिप्यता’ मा प्रथम र नेहाको रोमान्स (हेर्नुस् भिडियाे)

May 9th, 2021

काठमाडौ, बैशाख २६

गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको सुमधुर स्वर रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ

गीतको भिडियो समेत बनको छ । जसमा मोडल प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गरेका छन् ।लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् । संख्यात्मक भन्दा गुणात्मक भिडियो निर्देशन गर्दै आएका प्रथमको यो भिडियो पनि राम्रो बनेको छ । भिडियोमा उत्सव दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ ।