• गृहपृष्ठ
  • एफएनसीसीद्धारा अपरेशन कोभिड रिलिफ नेपाल अभियान “हेल्लो डाक्टर” शुरू

एफएनसीसीद्धारा अपरेशन कोभिड रिलिफ नेपाल अभियान “हेल्लो डाक्टर” शुरू

May 8th, 2021

काठमाडौ, बैशाख २५

नेपाल उद्योग बाँणिज्य महासंघ (एफएनसिसिआई) ले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्र्तगत पहिलो कार्यक्रम “हेल्लो डाक्टर” शुरू गरेको छ । महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको हो ।

विपत्तिमा मुलुक पर्दा मुलुकवासीहरूको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु¥याउंदै आएको यसको इतिहास छ ।
महाभुकम्पमा होस वा बाढी पहिरोको महाविपत्ति, महासंघले विगतमा पनि अग्रभागमा रहेर सहयोग ग¥यो, महासंघले बिज्ञप्ती मार्फत भनेको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको शुभारम्भ भएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा महासंघ रहेको छ । हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा संचालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् ।

हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य भोलि वैशाख २६ गते आइतवारबाट शुरु हुने महासंघले जानकारी दिएको छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् । हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ ।

प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ । त्यसका लागि विहान नौ बजे देखि १२ बजेसम्म र दिउसो तीन बजेदेखि छ बजेसम्मका लागि समय छुट्टयाइएको छ । नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हु“दा कोभिड संक्रमित विरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गर्नु भएको छ । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गोल्छाले जनाउनु भएको छ ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयां रेकर्ड राख्दै बढीरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आआफ्नो ठाउंबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघ सबैमा गम्भीर आग्रह समेत गर्दछ ।