• गृहपृष्ठ
  • अल्का अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या

अल्का अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या

May 8th, 2021

ललितपुर, बैशाख २५

ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर अल्का अस्पतालको प्रशासन विभागले अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उपन्न भएको जनाएको हो ।

‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ,‘अल्का अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले भने ‘अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिदैँ गइरहेको छ, विरामीहरुको उपचार कसरी गर्ने ?’ उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक पर्छ । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ ।

अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज संचारकर्मी लगायत सबैमा बिनम्र अनुरोध गरेको छ ।