• गृहपृष्ठ
  • ललितपुर जिल्ला कमिटीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

ललितपुर जिल्ला कमिटीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

May 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २४ वैशाख

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ललितपुर जिल्ला कमिटी सदस्य कमरेडहरुको सहयोगमा कोभिड- १९ को महामारी को यो बिषम परिस्थितिमा समेत आफ्नो स्वास्थ्यको कुनै प्रभाह नगरी महामारी नियन्त्रणको लागि हामी जनता को स्वास्थ्य बचाउन को निमित्त अग्र स्थानमा रहि रातदिन सेवामा समर्पित प्रहरी साीहरु लाई सम्मान गर्दै आज नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिबालय सदस्य तथा महालक्ष्मी नगर कमिटी अध्यक्ष क. हरिगोबिन्द श्रेष्ठले इमाडोल प्रहरी प्रभाग प्रमुख योगेश खरेल ज्यू र टिकाथली प्रहरी इन्चार्ज निर्मल खत्री सरलाई माक्स, साबुन, सेनिटाइजर ,ग्लोब्स, पानी, हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा जिल्ला कमिटी सदस्य तथा, अनेम संघकी. आशा राई, युवा संघ महालक्ष्मी नगर कमिटीका अध्यक्ष विकास सुवेदी लगायत महालक्ष्मी नगर युवा संघका सदस्यहरु, कमरेडहरुको सक्रियउपस्थितिमा हस्तान्तरण गरेको थियो ।