• गृहपृष्ठ
  • प्रेम रामदामको शब्द, संगीतमा ‘चोली तिम्रो’ सार्वजनिक (भिडियो)

प्रेम रामदामको शब्द, संगीतमा ‘चोली तिम्रो’ सार्वजनिक (भिडियो)

May 7th, 2021

काठमाडौ, बैशाख २४

गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ’चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ । फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ ।

पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।