१२ अंकले घट्यो नेप्से

May 6th, 2021

काठमाडौ, बैशाख २३

नेप्से १२ अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार नेप्से १२ दसमलव ४७ अंकले घटेर २६ सय २७ दसमलव १३ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव ७७ अंकले घटेर चार सय ७३ दसमलव चार अंकमा झरेको छ । दुई सय १६ वटा कम्पनीहरुको ८० हजार एक सय ४१ पटकको कारोवारमा एक करोड ५९ लाख ८० हजार आठ सय १५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम छ अर्ब ८१ करोड ९१ हजार चार सय ५३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले कमाएकाछन भने बाँकी समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ११ अंकले बढेर १७ सय ७८ दसमलव ७१ अंकमा चढेकोमा फाईनान्स र लगानी समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज १३ दसमलव ८५ अंकले घटेर २८ सय एक दसमलव २१ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा खानीखोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी पहिलो स्थानमा परेको छ ।