झण्डै दुई अंंकले बढ्यो नेप्से

May 4th, 2021

काठमाडौ, बैशाख २१

नेप्से झण्डै दुई अंंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार एक दसमलव ९४ अंकले बढेर २६ सय ५४ दसमलव ६९ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३२ अंंकले बढेर चार सय ७५ दसमलव ४४ अंकमा चढेको छ । आज दुुई सय १३ वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा एक करोड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम छ अर्ब पाँच करोड २२ लाख ३६ हजार आठ सय ११ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुुंदा छ वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बंैंक समुहको सुचक सात दसमलव ६४ अंकले घटेर एक हजार सात सय ७६ दसमलव ६० अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक पनि ११ दसमलव २४ अंकले घटेर दुुई हजार आठ सय १९ दसमलव ६१ अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ३० दसमलव ९२ अंकले बढेर २६ सय १२ दसमलव एक अंकमा पुग्दा टे«डिङ, लघुुबित्त, उत्पादनमुुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा समता लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल क्रेडिट एण्ड कर्मस बैंक परेको छ ।