झण्डै १३ अंंकले घट्यो नेप्से

May 3rd, 2021

काठमाडौ, बैशाख २०

नेप्से झण्डै १३ अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार १२ दसमलव ३५ अंकले घटेर २६ सय ५२ दसमलव ७५ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ६९ अंंकले घटेर चार सय ७५ दसमलव १२ अंकमा झरेको छ । आज दुई सय १६ वटा कम्पनीहरुको ८८ हजार चार सय ८३ पटकको कारोवारमा एक करोड ५९ लाख आठ हजार चार सय ९९ कित्ता किनबेच भएकाछन भने कुुल कारोवार रकम सात अर्ब ५२ करोड ९९ लाख ९० हजार एक सय ४६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा लघुुबित्त र लगानी समुहको सुचकहरु बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ७८ अंकले घटेर १७ सय ८४ दसमलव २४ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि ३२ दसमलव नौ अंकले घटेर २५ सय ८१ दसमलव नौ अंकमा झरेको छ । यसैगरी बिककास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज अपी पावर लिमिटेड परेको छ ।