एकैदिन ५४ अंंकले बढ्यो नेप्से

May 2nd, 2021

काठमाडौ, बैशाख १९

नेप्से एकैदिन ५४ अंकले बढेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ५४ अंकले बढेर २६ सय ६५ दसमलव १० अंकमा पुुग्दा सेन्सिटिभ पनि आठ दसमलव ७८ अंकले बढेर चार सय ७७ दसमलव ८१ अंकमा चढेको छ । दुुई सय २६ वटा कम्पनीहरुको ८३ हजार चार सय चार वटा कम्पनीहरुको एक करोड ५८ लाख ३२ हजार चार सय तीन कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम सात अर्ब ३६ करोड आठ लाख पाँच हजार रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ९१ अंकले बढेर १७ सय ९४ दसमलव दुुई अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ३७ दसमलव ८५ अंकले बढेर २६ सय १३ दसमलव १८ अंकमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा महिला लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) परेको छ ।