• गृहपृष्ठ
  • गायक थानेश्वर गौत्तमको स्वरमा ‘देशको लागि’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायक थानेश्वर गौत्तमको स्वरमा ‘देशको लागि’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 30th, 2021

काठमाडौ, बैशाख १७

गायक थानेश्वर गौत्तमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागि ‘गीतको भिडियो सार्वजनिक भएको छ । आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ति छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ ।

नेपाली मातृभुमीलाई एकताबद्ध गर्ने गीत रहेको छ । तेशान्त को शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गीतमा रहेको छ । देशमा विकाश र समृद्धिको लागि मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मकरुपमा देश प्रेम समेटिएको छ ।
दुर्लभ श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको गीत किशोर भण्डारीको निर्देशन तयार भएको हो । ‘देशको लागि ‘गीतको भिडियोमा किशोर भण्डारी, कृष्ण भक्त महर्जन, रेश्मा तिम्सिना, लिला केसी, सुन्दर लामिछाने र निरुता उप्रेतिको अभिनय रहेको छ ।