• गृहपृष्ठ
  • सोना अमात्यको अर्को डान्सिङ नम्वर सार्वजनिक(भिडियो सहित)

सोना अमात्यको अर्को डान्सिङ नम्वर सार्वजनिक(भिडियो सहित)

Apr 30th, 2021

काठमाडौ, बैशाख १७

सोना अमात्यको नयाँ गीत “मेरो माया करोडमा” बजारमा राप सेलाउन नपाउँदै यो साता १३ गते सोमबारको दिन अर्को डान्सीङ नम्बर को गीत सोच बेलैमा एक कार्यक्रमको आयोजना गर्दै भव्य समारोहका साथ् लोकापर्ण गरिएको छ ।

सट अफ डान्स टु द बिट भन्ने स्लोगनका साथ “सोच बेलैमा” गीतको भावलाई अझ उत्कृष्टता प्रधान गर्दै सुन्दर म्युजिक भिडियो दर्शकहरु माझ रिलिज गरिएको हो । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । सानै उमेर देखि गीत संगीतमा मोहित रहेकी गायिका सोना अमात्यको “सोच बेलैमा“ गीतलाई आरजे भिजे नायक विवेक सिंह ठकुरीले आफ्नो स्वर प्रदान गर्दै साथ दिनु भएको छ । सोना अमात्यकै संगीत प्रशिक्षक शशिविक्रम थापाको शब्द संगीतमा रहेको गीतमा सोना र विवेकको साथमा गरिमा शर्मा, गोविन्द सिंह विष्टको मोडलिंङ रहेको छ ।

गम्भिर विष्टद्वारा निर्देशित उक्त भिडियो बजारमा आएको एकदिनमै १० लाख भ्यूअर्स बनाउन सफल भएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । भिडियोलाई सोनाकै आधिकारिक युुट्युव च्यानल सोना अमात्यबाट सार्वजनिक गरिएको हो । सोनाले यसअघि मेरो माया करोडमा गीत ल्याएकी थिइन् र यो भन्दा अगाडीको गीत करोडमाको टिकटकका प्रतियोगिताहरुलाई पुरस्कार वितरणबाट सुरु गरिएको कार्यक्रमको प्रमुख आतिथ्य सम्पूर्ण मिडियाहरुले गर्नुभएको थियो ।