• गृहपृष्ठ
  • महामारीमा पनि बैंकहरुले साढे ५ अर्ब नाफा बढाए, नीतिगत लचकताले बैंकलाई फलिफाप

महामारीमा पनि बैंकहरुले साढे ५ अर्ब नाफा बढाए, नीतिगत लचकताले बैंकलाई फलिफाप

Apr 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, बैशाख १७

नेपाल राष्ट्र बैकले बैंकहरुलाई ऋण पुनर्तालकिकरण गर्ने सुविधा दिएसँगै यसले बैंकहरुलाई फलिफाप भएको छ । गत वर्ष १० अर्ब रुपैयाँ खराब कर्जाका लागि छुटटाएका बैंकहरुले यो वर्षको सोहि अवधिमा थप १ अर्ब १२ करोड मात्रै छुट्टाएका छन् । जसका कारण महामारीमा पनि उनिहरुको नाफा साढे ५ अर्बले बढेको देखिएको छ ।

गत वर्ष ४५ अर्ब २४ करोड नाफा कमाएका बैंकहरुले यो वर्षको सोहि अवधिमा यस्तो नाफा १२ दशमलव एक चार प्रतिशतले बढाउँदै ५० अर्ब ७४ करोड पुराएका छन् । देशमा सञ्चालित २७ वटा बाणिज्य बैंक मध्ये २२ वटाले नाफा कमाएका छन् भने पाँचवटाको नाफा गत वर्षको तुलनामा घटेको छ । बैंकहरुले यो आर्थिक वर्षको ९ महिनामा मात्रै ६ सय ६८ अर्ब बराबरको कर्जा लगानी गरेका छन् ।

गत वर्षको तुलनामा यस्तो लगानी २४ प्रतिशतले बढेको छ । त्यस्तै गत वर्ष खराब कर्जाका लागि १० अर्ब बराबरको प्रोभजनिङ गरेका बैंकहरुले यो वर्षको सोहि अवधिमा जम्मा १ अर्ब १२ करोड मात्रै छुट्याउनु परेको छ । यसरी कर्जा बिस्तारसँगै प्रोभजनिङ गरेर राख्नुपर्ने रकम समेत घटेकाले बैंकहरुको नाफा बढेको हो ।

२७ वटा बैंकमध्ये कुमारी बैंकले सबैभन्दा बढि नाफा बढाएको छ । यसले आफ्नो नाफामा ८३ दशमलव एक प्रतिशतको बृद्धि गरेको छ । यो सँगै नाफा उच्च बढाउनेमा नेपाल बंगलादेश, सिद्धार्थ, प्राइम र प्रभु रहेका छन् ।

सबैभन्दा बढि नाफा भने नबिल बैंकले कमाएको छ । जसले यो वर्षको ९ महिनामा ९ अर्ब ६७ करोड नाफा कमाएको छ, जुत गत वर्षको सोहि समयको तुलनामा १६ दशमलव पाच शुन्य प्रतिशतले बढेको छ । तर, विदेशी लगानी रहेका एभरेष्ट, नेपाल एसबिआई र नेपाल स्टायण्डर्ड सहित पाँचवटाको नाफामा भने गिरावट आएको छ । अनिबार्य नगद अनुपात घटाएका कारण बैंकहरुले लगानी बिस्तार गर्ने मौका पाए जसले पनि नाफा बढाएको छ ।

महाकारीका बिचमा पनि नाफा बढाएका बैंकहरु:

बैंक गत वर्षको चैतसम्मको नाफायो वर्षको चैतसम्मको नाफानाफा बृद्धि प्रतिशतमा
कुमारी१ अर्ब १ करोड
१ अर्ब ८५ करोड
८३.१
नेपाल बंगलादेश
१ अर्ब ५ करोड
१ अर्ब ६३ करोड
५५.२३
सिद्धार्थ
१ अर्ब ३३ करोड
२ अर्ब ६ करोड
५४.८८
प्रभु
१ अर्ब ४६ करोड
२ अर्ब १० करोड
४३.८३
प्राइम
२ अर्ब ३ करोड
२ अर्ब ८१ करोड
३८.४२
एनएमबी
१ अर्ब ८८ करोड
२ अर्ब ५१ करोड
३३.५१
नेपाल बैंक १ अर्ब ९९ करोड
२ अर्ब २६ करोड
१३.५६
नेपाल इन्भेष्टमेन्ट
२ अर्ब ४९ करोड
२ अर्ब ८४ करोड
१४.०५
कृषि बिकास
२ अर्ब ४ करोड
२ अर्ब ७ करोड
१.४
सिटिजन्स
१ अर्ब ९ करोड
१ अर्ब ५४ करोड
४१.२८
सिभिल
३६ करोड
५० करोड
३८.८८
सानीमा
१ अर्ब ६१ करोड
१ अर्ब ८५ करोड
१४.९०
मेगा
१ अर्ब ४५
१ अर्ब ९७ करोड३५.८६
बैंक अफ काठमाडौं
८७ करोड
१ अर्ब १६ करोड
३३.३३
ग्लोबल आइएमई
२ अर्ब ७० करोड
३ अर्ब ५७ करोड
३२.२
सनराइज
९३ करोड
१ अर्ब १३ करोड
२१.५०
एनआइसी एसिया
२ अर्ब ५० करोड
३ अर्ब
२०
लक्ष्मी
१ अर्ब ८ करोड
१ अर्ब २८ करोड
१८.५१
नबिल
३ अर्ब १५ करोड
३ अर्ब ६७ करोड
१६.५०
माछापुच्छ्रे
१ अर्ब १६ करोड
१ अर्ब २९ करोड
११.२०
राष्ट्रिय बाणिज्य बैंक
३ अर्ब ३ करोड ३ अर्ब २७ करोड
७.९
हिमालयन
१ अर्ब २३ करोड
१ अर्ब २८ करोड
४.०६