• गृहपृष्ठ
  • गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पलपलमा’ सार्वजनिक(हेर्नुस् भिडियाे)

गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पलपलमा’ सार्वजनिक(हेर्नुस् भिडियाे)

Apr 29th, 2021

काठमाण्डौं, बैशाख १६

प्रवासमा पनी नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पल पलमा ‘ गीतको भिडियो द मानस क्रियसन मार्फत सार्वजनिक भएको छ । गायक विकाश लिम्बु र गायिका ममता गुरुङ्ग स्वर रहेको छ । केशव बैरागी माइलोको शब्द सिर्जना तथा संगीतकार विकाश चौधरीको संगीतमा गीत तयार गरिएको छ ।

आकर्षकरुपमा तयार पारिएको भिडियोमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । इलामको रमणिय स्थानमा छायाँकन गरिएको भिडियो भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार केशव बैरागी माइलोले बताए । पछिल्लो समयमा संगीतमा फरक पन ल्याउने र एक अलग धारको संगीत सिर्जना भएको कारणले पनी गीत ले सफलता पाउनेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ।

विक्रम डिसीको छायाँकन, विर बहादुर थारुको सम्पादन, ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा ‘सिम्रनको ‘ निर्देशन छ । ‘पल पलमा ‘गीतको भिडियोमा आवृति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ ।