नेप्से बढेपनि घट्यो कारोवार रकम

Apr 29th, 2021

काठमाडौं, बैशाख १६

साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से बढेपनि कारोवार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । नेप्से आज २५ दसमलव ८२ अंकले बढेर २६ सय ११ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ९१ अंकले बढेर चार सय ६९ दसमलव दुुई अंकमा चढेको छ । दुुई सय १७ वटा कम्पनीहरुको ५० हजार छ सय ७३ पटकको कारोवारमा ९८ लाख १८ हजार ४६ कित्ता सेयर किनबेच भएकाछन भने आज कारोवार रकम चार अर्ब ३५ करोड ७० लाख १९ हजार दुुई सय ४९ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुदा होटल तथा पर्यटन र लगानी समुहको घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ५५ अंकले बढेर १७ सय ७४ दसमलव १६ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा सिंगटी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक परेको छ ।