एकैदिन १३ अंकले घट्यो नेप्से

Apr 28th, 2021

काठमाडौ, बैशाख १५

नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुुधबार १३ दसमलव ७९ अंकले घटेर २५ सय ८५ दसमलव २८ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुई दसमलव १६ अंकले घटेर चार सय ६५ दसमलव ११ अंकमा पुुगेको छ । दुुई सय १५ वटा कम्पनीहरुको ४६ हजार नौ सय ५९ पटकको कारोवारमा ८९ लाख ६५ हजार पाँच सय ८८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम तीन अर्ब ९९ करोड चार लाख ३१ हजार दुुई सय ८३६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक बढेकाछन भने बाँकी १० वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव आठ अंकले घटेर १७ सय ६६ दसमलव ६१ अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन, बिकास बैंक, जलबिद्युत, लघुुबित्त, होटल तथा पर्यटन, फाईनान्स, सामुुहिक लगानी कोष र लगानी समुहको सचुकहरु पनि उच्च अंकले घटेकाछन ।

आज बढी कमाउने कम्पनीह्रुको सुचीमा महिला लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पोखरा फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) परेको छ ।