९२ अंकले बढ्यो नेप्से

Apr 27th, 2021

काठमाडौ, बैशाख १४

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दुुई दिन उच्च अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार ९२ दसमलव ४६ अंकले बढेर २५ सय ९९ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ १४ दसमलव ४८ अंकले बढेर चार सय ६७ दसमलव २८ अंंकमा चढेको छ । आज दुुई सय १६ वटा कम्पनीहरुको ६५ हजार पाँच सय ५८ पटकको कारोवारमा एक करोड दुुई लाख दुुई हजार दुुई सय १९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम पाँच अर्ब १० करोड ९० लाख ९६ हजार नौ सय ५७ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४५ दसमलव १३ अंकले बढेर १७ सय ८० दसमलव ६९ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि एक सय ५३ दसमलव आठ अंकले बढेर २५ सय १४ दसमलव दुई अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।