• गृहपृष्ठ
  • प्रेमिल शैलीको ‘माया बैगुनी’ सार्वजनिक(भिडियो सहित)

प्रेमिल शैलीको ‘माया बैगुनी’ सार्वजनिक(भिडियो सहित)

Apr 26th, 2021

काठमाडौ, बैशाख १३

चर्चित कलाकार दिलिप रायमाझी र गायिका उर्मिला लाम्गादेको अभिनयमा रहेको म्युजिक भिडियो ’माया बैगुनी’ सार्वजनिक भएको छ ।

न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको स्वर रहेको यस गीतमा बसन्त सापकोटाको शब्द, संगीत रहेको छ । प्रेमिल शैलीको यस गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ ।
अमेरिकामा छायांकन गरिएको यस भिडियोलाई प्रज्वल पन्तले छायांकन गरेका हुन् । भिडियोमा बिष्णु खड्काले सम्पादन रहेको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।