एकै दिन झण्डै ६६ अंकले घट्यो नेप्से

Apr 26th, 2021

काठमाडौ, बैशाख १३

नेप्सेमा ६५ अंकको भिषण पहिरो गएको छ । आज सोमबार नेप्से ६५ दसमलव ५८ अंकले घटेर २५ सय छ दसमलव ६१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि ११ दसमलव २५ अंकले घटेर चार सय ५२ दसमलव ७९ अंकमा झरेको छ । आज दुुई सय २४० वटा कम्पनीहरुको ८६ हजार ९२ पटकको कारोवारमा एक करोड २९ लाख ११ हजार सात सय २१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ५९ करोड नौ लाख २८ हजार दुुई सय दुुई रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुदा १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव ७३ अंकले घटेर १७ सय ३५ दसमलव ५७ अंकमा झरेको छ भने जलबिद्युुत समुहको सुचक पनि ९९ दसमलव ४४ अंकले घटेर २३ सय ६० दसमलव ९४ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रिलायन्स फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।