• गृहपृष्ठ
  • सौन्दर्यकर्मी कन्चन श्रेष्ठको रिभाम्प ब्युटी पोईन्ट संचालनमा

सौन्दर्यकर्मी कन्चन श्रेष्ठको रिभाम्प ब्युटी पोईन्ट संचालनमा

Apr 26th, 2021

काठमाडौ, बैशाख १३

सौन्दर्यकर्मी कन्चन श्रेष्ठद्वारा संचालनमा ल्याइएको नयाँ बानेश्वर चोक स्थित रिभाम्प ब्युटी पोईन्टको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजितद्वारा सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मी उषा गुरुङ, पत्रकार डब्बु क्षेत्रि, सरिता भारती लगायत ब्युटिसियन तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी सौन्दर्यकर्मी कन्चन श्रेष्ठद्वारा सञ्चालित रिभाम्प ब्युटी पोईन्ट उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । बिगत लामो समयदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रिभाम्प ब्युटी पोईन्टमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी कन्चन श्रेष्ठले बताइन ।

आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नो परिवार तथा आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन । रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै रिभाम्प ब्युटी पोईण्टले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन ।