एकै दिन ७६ अंकले घट्यो नेप्से

Apr 25th, 2021

काठमाडौ, बैशाख १२

नेप्से एकैदिन ७६ अंकले घटेको छ । आजआईतबार नेप्से एकैदिन ७५ दसमलव ७९ अंकले घटेर २५ सय ७२ दसमलव २२ अंकमा पुुग्दा सेन्सिटिभ पनि १२ दसमलव ५६ अंकले घटेर चार सय ६४ दसमलव पाँच अंकमा पुुगेको छ । आज दुुई सय १५ वटा कम्पनीहरुको एक लाख चार हजार ४० पटकको कारोवारामा एक करोड ४६ लाख ९० हजार सात सय २० कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब २८ करोड ४१ लाख ९४ हजार नौ सय एक रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ४२ दसमलव ६५ अंकले घटेर १७ सय ७६ दसमलव ३० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि चार सय ४० दसमलव ८७ अंकले घटेर १२ हजार सात सय ४३ दसमलव पाँच अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा कुुमारी बैंकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो स्थानमा परेको छ ।