• गृहपृष्ठ
  • चन्द्रको ‘किन होला’ मा डिमोन र सिर्जना(भिडियाे)

चन्द्रको ‘किन होला’ मा डिमोन र सिर्जना(भिडियाे)

Apr 25th, 2021

काठमाडौ, बैशाख १२

अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ’किन होला’ सार्वजनिक गरेकाछन् ।

प्रेमिल शैलीको यस गीतलाई प्रसिद्ध संगीतकर्मी तथा गायक सुरेश कुमार क्षेत्रीले संगीतवद्ध गरेका हुुन । गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ भने राजन तामाङको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । राम कुमार केसीले छायांकन गरेको यो भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यो भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ’चन्द्र लावार’ च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।