• गृहपृष्ठ
  • गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ कहिल्यै नबलिदिनु सार्वजनिक (भिडियो सहित)

गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ कहिल्यै नबलिदिनु सार्वजनिक (भिडियो सहित)

Apr 25th, 2021

काठमाडौ, बैशाख १२

गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको सर्जक पुष्पराजले बताएकाछन ।
म्यूजिक भिडियो लोकार्पण गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सिनेपत्रकार विजयरत्न असंबरेले गीत सुन्दर बनेकोले लोकप्रिय हुनेमा आशावादी रहेको बताए ।

कार्यक्रममा अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष एवं कलाकार सुरजवीर बज्राचार्यले यहि सुन्दर गीतको माध्यमबाट प्रतिभाशाली कलाकार पुष्पराज शाक्यको नेपाली सांगीतिक क्षेत्रमा सुखद उपस्थिति बनोस् भनी शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा अतिथि निर्देशक सुरेन्द्र तुलाधरले गीतको प्राविधिक पक्षको समेत तारिफ गर्दे सर्जक पुष्पराजको उत्तरोत्तर प्रगतिको कामना गरे । भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ज्योति रेकर्डस्मा रेकर्ड भएको यस गीतको मिक्सिङ फिरोज बज्राचार्यले गरेका हुुन । वाद्यवादकहरु सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायाँकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गरेका हुुन । सि–लभ रेष्ट्रो एण्ड बार कनिबहालमा आयोजित कार्यक्रममा गीत तथा म्यूजिक भिडियो निर्माणमा सघाएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।