हलिउड टिम संग सुबास थापा को टिमअप

Apr 25th, 2021

काठमाडौ, बैशाख १२

एक दर्जन भन्दा बढि सिनेमा तथा दर्जनौ नाटकमा अभिनय गरेका नायक सुबास थापा यतिबेला अमेरीकामा छन् । सुबास थापा अव निर्देशनमा होमिएकाछन् । सुभास थापाको डेव्यू निर्देशन रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगै हलिउडका कलाकारहरु र प्राबिधिकहरुसंग उनले काम गरेकाछन् ।

छबि न्यौपानेको श्वर रहेको उक्त गीतमा खेम रिजालको शव्द, कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ । अमेरीकामा रहने एक नेपाली जोडिको कथालाइ भिडियोमा देखाउन खोजिएको छ । धेरैको बास्तबिक जिवनसंग यो कथा मेल खाने निर्देशक थापाले बताएकाछन् । श्रीमति छोडेर बिदेशि महिला संग सम्बन्ध राख्दा कसरी एक पुरुष घरबार बिहिन भए भिडियोमा देखाउन खोजिएको छ ।

पहिलोपटक म्यूजिक भिडियो निर्देशन गरेका थापाले अमेरीका पुगेर पनि कलाकारीतालाई बिभिन्न माध्यमबाट प्रस्तुत गरिरहेकाछन् । भिडियोलाई हलिउडका सिनेमाटोग्राफर तोरी राइसले छायांकन गरेकीछिन् भने मेकअप पाटी क्यूरीको रहेको छ । यस म्यूजिक भिडियोलाई सम्पादन गरेकाछन् अराज केशवले ।

सार्वजनिक यस म्यूजिक भिडियोमा सुबास थापा, बिनिता खड्का थापा, शेली, प्याट्रिक र क्रिष्टिनाको अभिनय रहेको छ ।