• गृहपृष्ठ
  • बैंकहरुको निवेदन लत्याउँदै धितोपत्र बोर्डले निश्चीत समुहको लगानीमा खुल्ने ब्रोकरलाई पोस्दै

बैंकहरुको निवेदन लत्याउँदै धितोपत्र बोर्डले निश्चीत समुहको लगानीमा खुल्ने ब्रोकरलाई पोस्दै

Apr 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, बैशाख १०

धितोपत्र बोर्डले करिब १३ वर्ष अघि धितोपत्र व्यवसायी नियमावली संसोधन गर्दै बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेको १३ वर्षसम्म पनि यो कार्यान्वयनमा आउन सकेको छैन । अहिले त धितोपत्र बोर्डले यस्ता पब्लीक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया बन्द गरेर केहि सिमित ब्यक्तिहरुले चलाएका कम्पनीहरुलाई प्रदेश स्तरमा लाइसेन्स दिने प्रक्रिया अघि बढाउन थालेको छ ।

धितोपत्र बोर्डले २०६४ सालमा धितोपत्र व्यवसायी, नियामावली २०६४ मा बैंकले सहायक कम्पनी खोलेर सेयरका कारोबार गर्न पाउने व्यवस्था गर्याे । यसपछि आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंकहरुलाइ सहायक कम्पनी खोलेर कारोबार गर्न पाउने व्यवस्था गर्याे ।

त्यसपछि बजार अस्वाभाविक रुपमा घटेको भन्दै सोहि वर्षको पुसमा बसेको लगानीकर्ताको आन्दोलनलाई संबोधन गर्न बनेको एक कमिटिले पनि यो छिट्टै नै कार्यान्वयन गर्न सुझाव दियो । जसअनुरुप १० वटा बैंकहरुले सहायक कम्पनी खोलेर नेप्सेमा ब्रोकरका लागि पनि आबेदन दिएका छन् । तर संसदिय समितिको अर्थ समितिले यसको अध्ययन थालेसँगै रोकिएको यो प्रक्रिया सोहि समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिनका लागि दिएको सुझाव दिएको ९ महिना बित्न लाग्दा सम्म धितोपत्र बोर्डले यसका लागि कुनै प्रक्रिया अघि बढाएको छैन ।

अहिले धितोपत्र बोर्डको नेर्तत्व बैंकलाई लाइसेन्स दिने पक्षमा देखिदैन । बरु यसलाई अलमल्याउन प्रदेश स्तरमा ब्रोकर लाइसेन्स र ब्रोकरको आधिकारिक प्रतिनिधी नियुक्त गर्ने प्रक्रिया अघि बढाउन थालेको छ । अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीको प्रभावमा परेर बोर्डले पब्लीक कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया रोकेर निश्चीत ब्यक्तिलाई फाइदा पुग्ने गरि लाइसेन्स बाड्ने प्रक्रिया अघि बढाउन थालेको छ ।

अर्थसमितिले पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनु त भनेको छ तर त्यसअघि पुरा गर्नुपर्ने केहि सर्त पनि तेर्साएको छ । त्यस्तो सर्त पुरा गर्ने नितीगत व्यवस्था गर्नका लागि समेत बोेर्डले कुनै काम अघि बढाएको छैन । जबकी बैंकलाई ब्रोकर लाइसेन्स दक्षिण एसियाली मुलुकमा नेपाल बाहेक अन्य सबै देशमा छ ।

छिमेकी मुलक भारतमा अहिले ५ वटा बैंकका सहायक कम्पनीले धितोपत्रको कारोबार गर्छन् । सेयर कारोबार गर्नका लागि डिम्याट खाता ३० लाखले खोलेका छन् भने अनलाइन प्रयोगकर्ता ३ लाख ७६ हजार पुगिसकेका छन् । तर यि प्रयोगकर्ताले कारोबार भने ५१ वटा ब्रोकरबाटै गर्नुपर्ने बाध्यता छ । बिज्ञहरु बैंकलाई मात्रै होइन अन्यलाई पनि ब्रोकरलाइसेन्स दिनुपर्ने र प्रदेश स्तरमा भनेर क्षेत्र तोकेर लाइसेन्स बाड्नुलाई बोर्डको गलत कदमका रुपमा ब्याख्या गर्छन् ।

केहि सिमित ब्रोकर कम्पनीका लागि लाइसेन्स बाड्ने प्रक्रिया अवरुद्ध हुनुले बोर्डमा ब्रोकरहरुको प्रभाव छर्लङ्गै परेको देखिन्छ । बोर्ड को प्रति उत्तरदायि रहेछ भनेर अब उदांंगो भएको छ ।