• गृहपृष्ठ
  • अध्यनका लागि विदेश जाने विद्यार्थी समस्यामा, नो अप्जेक्सन लेटर दिन तत्कालका लागि रोक

अध्यनका लागि विदेश जाने विद्यार्थी समस्यामा, नो अप्जेक्सन लेटर दिन तत्कालका लागि रोक

Apr 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ९ वैशाख

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच देशका लागि नो अप्जेक्सन लेटर दिन तत्कालका लागि रोक लगाएको छ । जसले गर्दा जापान, अष्ट्रेलिया, दक्षिणकोरीया बंलादेश चीनमा अध्यन गर्न जाने विद्यार्थीहरु समस्यामा परेका छन् ।

बार्षिक नेपालबाट बिदेसमा अध्यन गर्न जाने विद्यार्थीको संख्या करिव ३५ हजारको संख्यामा छ । तर लामो समय कोरोनाले शिक्षा क्षेत्र लगाएत विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई झन् मारमा पारेको छ । पछिल्लो समय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई नो अप्जेक्सन लेटर वितरणमा रोक लगाएपछि विभिन्न कन्सल्टेन्सीमा अध्यनरत विद्यार्थीहरुमा झन् मनोवल घटेको जापान जान तयारी गरिरहेका अनिल भण्डारीको भनाई छ ।

हाल शिक्षा मन्त्रालय बाट स्वीकृति प्राप्त १४ सय ७३ कन्सल्टेन्सीहरुले बिदेश पढ्न जाने विद्यार्थीहरुका लागि काम गर्दै आएका छन्, तर यसरी मन्त्रालयले एक तर्फि निर्णय गर्दा ५ देशमा अध्यनका लागि जान तयार भएका १० हजार विद्यार्थीहरु अन्योलमा परेको नेपाल शैक्षिक परामर्श संघका सन्तोष प्याकुरेल बताउँछन् ।

तर यता शिक्षा मन्त्रालय अन्र्तगतको बैदेशिक अध्यन अनुमति पत्र व्यवस्थापन शाखाले भने कारोनाको दोस्रो लहर देखाउँदै विदेशमा जना सजिलो माध्यम नभएको र विदेश गएका विद्यार्थीहरुले त्यहा भोग्नु परेको समस्या प्रति धेरै गुनासो गर्न थालेपछि मन्त्रालयले सो निर्णय लिन परेको उपसचिव नारायण प्रसाद पोखरेलको भनाई छ ।

शिक्षा मन्त्रालयले अहिले जापान, अष्ट्र्लिया दक्षिण कोरीया बंगलादेश चीन लगाएत मुलुकमा नोअप्जेक्सन लेटर स्थगित गरेको छ । यसका लागि सरकार विद्यार्थीको भविष्य प्रति गम्भीर हुन आवश्यक देखिन्छ ।