नेप्सेमा १५ अंकले बृद्धि

Apr 22nd, 2021

काठमाडौं, बैशाख ९

नेप्सेमा १५ अंकले बृद्धि भएको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार १५ दसमलव आठ अंकले बढेर २६ सय ४८ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दसमलव २१ अंकले बढेर चार सय ७६ दसमलव ६० अंकमा चढेको छ । दुुई सय १४ वटा कम्पनीहरुको ७५ हजार एक सय आठ पटकको कारोवारमा एक करोड ३० लाख ३२ हजार आठ सय २३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार आठ सय ८८ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहहरुको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव २२ अंकले बढेर १८ सय १८ दसमलव ९५ अंकमा पुग्दा बिकास बैंक जलबिद्युत समुहको सुचक पनि चार दसमलव ९८ अंकले बढेर २५ सय ७३ दसमलव १० अंकमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनाीहरुको सुचीमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल क्रेडिट एण्ड कर्मश बैंक परेको छ ।