• गृहपृष्ठ
  • रोशनी, सन्दीप र जेनिश अभिनित देवीको ‘कति निष्ठुरी’ सार्वजनिक (भिडियो सहित)

रोशनी, सन्दीप र जेनिश अभिनित देवीको ‘कति निष्ठुरी’ सार्वजनिक (भिडियो सहित)

Apr 22nd, 2021

काठमाडौ, बैशाख ९

रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना ’कति निष्ठुरी’ गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसनको अफिसियल यु ट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की, सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ ।

लाखौ युवाहरु वैदेशिकब रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असरलाई देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ । सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।