नेप्सेमा उच्च गिरावट

Apr 21st, 2021

काठमाडौ, बैशाख ८

नेप्सेमा उच्च गिरावट आएको छ । आज बुुधबार नेप्से ३२ दसमलव ४१ अंकले घटेर २६ सय ३२ दसमलव २० अंकमा झरेको छ भने सेन्सिटिभ पनि छ दसमलव २१ अंकले घटेर चार सय ७३ दसमलव ३९ अंकमा झरेको छ । आज दुुई सय १४ वटा कम्पनीहरुको ६६ हजार चार सय ८० पटकको कारोवारमा एक करोड ३७ लाख ८७ हजार दुई सय १८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ७७ करोड २२ लाख ५१ हजार दुुई सय तीन रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सामुुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दसमलव ९२ अंकले घटेर १८ सय नौ दसमलव ७२ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लिर्वर्टी इर्नर्जी कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।