• गृहपृष्ठ
  • ‘सोची हेरन’को साथमा आए सुदिप(हेर्नुस् भिडियाे)

‘सोची हेरन’को साथमा आए सुदिप(हेर्नुस् भिडियाे)

Apr 21st, 2021

काठमाडौ, बैशाख ८

गायक सुदिप भण्डारीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ’सोची हेरन’ सार्वजनिक गरेका छन् । प्रेम ,त्याग र मिलनको कथा समेटिएको यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेखेका हुन् । शंकर थापा ’स्माइल’ले संगीतवद्द गरेको यस गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको छ । भिडियोमा बिकाश लामिछाने र सिर्जना जिसी फिचर्ड छन् । अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो ।
डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । लामो समय देखि संगीत क्षेत्रमा आबद्ध गायक भण्डारीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।