दुुई दसमलव ६८ अंकले बढ्यो नेप्से

Apr 20th, 2021

काठमाडौ, बैशाख ७

नेप्से आज मंगबार बढेको छ । आअज नेप्से दुुई दसमलव ६८ अंकले बढेर दुुई हजार छ सय ६४ दसमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले बढेर चार सय ७९ दसमलव ६० अंकमा चढेको छ । दुुई सय १६ वटा कम्पनीहरुको ६५ हजार सात सय ९३ पटकको कारोवारमा एक करोड २३ लाख ६९ हजार पाँच सय एक कित्ता सेयर किनबेच हुंदा आज कारोवार रकम भने पाँच अर्ब ५३ करोड ८६ लाख १७ हजार छ सय ४० रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहले गुमाएकाछन भने भने बाँकी समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ३७ अंकले घटेर १८ सय ३४ दसमलव ६५ अंकमा झरेको छ भने निर्जिवन बीम, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज ४८ दसमलव ४२ अंकले बढेर २९ सय २६ दसमलव २८ अंकमा चढेकोमा जलबिद्युुत, जीवन बीमा, लघुुबित्त, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा मिथिला लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नागरिक लगानी कोष परेको छ ।