• गृहपृष्ठ
  • सामाजिक यथार्थतामा सुनिता दुलालको “हुन्न कसैको” बजारमा आयो(हेर्नुस् भिडियाे)

सामाजिक यथार्थतामा सुनिता दुलालको “हुन्न कसैको” बजारमा आयो(हेर्नुस् भिडियाे)

Apr 20th, 2021

काठमाडौ, बैशाख ७

बिशेष गरेर स्टेज कार्यक्रमहरुलाई आफ्नो बर्चस्व स्थापित गर्न सफल लोक दोहोरी गायिका सुनिता दुलालको अर्को नयाँ गीत “हुन्न कसैको“ भर्खरै बजारमा आएको छ । नयाँ वर्षको शुभकामना सहित सार्बजनिक गरिएको यो गीतकी गायिका एवं प्रस्तुतकर्ता सुनिताको यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।

उनी ब्यवसाहिकताको नाममा नेपाली लोक तथा दोहोरी गीत संगीतमा बिकृति देख्न चाहदिनन् । फलस्वरूप यो गीतमा पनि आफ्नो जाहन परिवार छोडेर बाध्यताबस लाहुर जान परेका आम नेपालीहरुको कथा ब्यथालाई समेटिएको छ । सामाजिक यथार्थतालाई प्रस्ट्याउन खोजिएको यस गीतमा दिनेश परियार र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । “हुन्न कसैको“ बोलको गीतलाई लय, शब्द तथा संगीत संयोजन गायक स्वयम् दिनेश परियारको रहेको छ । यस गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोलाको अभिनय देख्न सकिन्छ । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत, समिक्षा भुजेल लगाएतको पनि यो गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायांकन सुजन श्रेष्ठले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ । गीतको अडियो तथा भिडियोलाई गायिका सुनिता दुलालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।