• गृहपृष्ठ
  • अस्ट्रेलियाबाट चन्दनले ल्याए “उषा को किरण”(भिडियो सहित)

अस्ट्रेलियाबाट चन्दनले ल्याए “उषा को किरण”(भिडियो सहित)

Apr 20th, 2021

काठमाडौ, बैशाख ७

अस्ट्रेलियामा छायांकन गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ’उषा को किरण’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतमा स्वर राजेश राज जोशीको रहेको छ । यो गीतलाई स्वयंम गायक जोशीले संगीतवद्द गरेका हुन् । जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन् । गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जन बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् । सुदिप बिस्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । हाइलाइट्स नेपालको मार्फत भिडियो सार्वजनिक गरिएको हो ।