• गृहपृष्ठ
  • द भोइस अफ नेपालमा चर्चामा रहेका प्रतिस्पर्धी किरण गजमेरको ‘किन मायामा’ सार्वजनिक (हेर्नुस् भिडियाे)

द भोइस अफ नेपालमा चर्चामा रहेका प्रतिस्पर्धी किरण गजमेरको ‘किन मायामा’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 20th, 2021

काठमाडौ, बैशाख ७

गायन रियालिटी शो  ‘द भोइस अफ नेपाल’मा आफ्नो गायिकी मार्फत धेरैको मन जित्न सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ’किन मायामा’ सार्वजनिक गरेका छन् ।

हृदयस्पर्शी यमे गीतमा गोपाल लोहारको शब्द रहेको भने वसन्त सापकोटाको संगीत रहेको छ । यो गीतलाई बिशम आचार्यले संगीत संयोजन गरेका हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।
श्याम तामाङ्गले छायांकन गरेको यो भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन्। श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।