• गृहपृष्ठ
  • ‘सेल्फी विथ डटर्स’ मुभमेन्टले नेपाल भारतको सम्बन्ध प्रगाढ बनाउने अपेक्षा !

‘सेल्फी विथ डटर्स’ मुभमेन्टले नेपाल भारतको सम्बन्ध प्रगाढ बनाउने अपेक्षा !

Apr 20th, 2021

काठमाडौ, बैशाख ७

लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डटर’ तथा ‘डटर्स नेम प्लेट’ले भारतमा धेरै ख्याती कमायो । महिला शसक्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म बोकेका यी दुई अभियानलाई हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र पूर्व राष्ट्रपति प्रनब मुखर्जीको फाउण्डेसनले समेत अगाडी बढाइरहेको छ ।

नेपाल र भारतबीच पहिलेदेखि नै दरिलो सम्बन्ध रहिआएको कारण दुई मुलुकबीच एक अर्काले उठाउने नारा तथा अभियानले एकअर्कोमा संस्कृतिक परिवर्तन ल्याउन सघाउ पु¥याउँदै आइरहेको छ । यहि कुरालाई मध्यनजर गर्दै अब नेपालले पनि यी दुई अभियानलाई औपचारिक रुपमा अगाडी बढाउँदैछ । यसबीच हालै नेपाल इन्टरनेट फाउण्डेसनका संस्थापक अध्यक्ष बिक्रम श्रेष्ठ र सेल्फी विथ डटर्स, भारतका निर्देशक सुनिल जागलनबीच गएको शुक्रबार एमओयूमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सुनिल जागलनले सुरु गरेका ती दुबै महत्वपूर्ण अभियानलाई नेपालीहरुले पनि उत्तिकै रुचाएको र यस कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पूर्व राष्ट्रपति प्रनब मुखर्जीले समेत प्रशंसा गरेका थिए ।

डटर्स नेम प्लेट अभियानलाई हाल हरियाणा लगायत भारतका विभिन्न राज्यहरुले समेत अगाडी बढाइरहेका छन् । दुबै अभियानबाट प्रभावित भए पछि फाउण्डेसनका संस्थापक श्रेष्ठले सर्पञ्च सुनिल जागलनलाई आफै भेटेर एमओयू हस्ताक्षर गर्दै दुबै अभियानलाई नेपालमा पनि यहिँको निमयभित्र बसेर अगाडी बढाउने बताउदै प्रतिबद्धता जाहेर गरेका हुन् । फाउण्डेसनले अभियान अगाडी बढाउने क्रममा विभिन्न सिरिज इभेन्ट समेत आयोजना गरेर लैजाने संस्थापक श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाल इन्टरनेट फाउण्डेसन अर्थात् एनआईएफले समाज, सामाग्री, अनुसन्धान तथा प्रविधिका क्षेत्रमा भएका खाँडललाई पुर्ने अवधारणा तथा कार्यक्रमहरुलाई समर्थन गर्दै आईरहेको छ । फाउण्डेसनले इन्टरनेट तथा सञ्चारको प्रयोगलाई बढाउन विभिन्न व्यक्ति, समुदाय, सरकार, गैर तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था लगायतसँग मिलेर काम गरिरहेको छ । साथै यसले इन्टरनेट गभर्नेन्स, डिजिटल शिक्षा तथा सामाजिक शसक्तिकरणका लागि योगदान समेत दिदैँ आइरहेको छ । हाल फाउण्डेसनले यी दुई अभियानमार्फत देशमा महिलाहरुको शसक्तिकरणलाई बढाउने उदेश्य लिएको छ ।

नेपालमा पनि ९ जूनलाई सेल्फी विथ डटर डेका दिनमा मनाउन श्रेष्ठले सुनिल जागलन र उनको टिमलाई निमन्त्रणा दिएका छन् । नेपालमा पनि यो अभियान निकै लोकप्रिय हुने श्रेष्ठको भनाई छ । नेपालमा यस अभियानलाई वूमन आन्टप्रिनियर्स असोसिएशन नेपाल र जेसीआई बुढानिकलण्ठले सहयोग गर्ने बताइएको छ ।