• गृहपृष्ठ
  • विद्यालय बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

विद्यालय बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

Apr 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ६ वैशाख

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।

पछिल्लो समय कोरोना बालबालिकामा देखिन थालेपछि मन्त्रीपरिषद् बैठकले पारित गरेको कोभिड १९ सम्बन्धि नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भैतिक कक्षा संचालन बन्द गर्न भनिएको हो ।