एकै दिन झण्डै ३६ अंकले घ्टयो नेप्से

Apr 18th, 2021

काठमाडौ, बैशाख ५

नेप्से एकै दिन झण्डै ३६ अंकले घटेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३५ दसमलव ८९ अंकले घटेर २६ सय ९९ दसमलव ५१ अंकमा झर्दा सेन्सिटिभ पनि छ दसमलव २९ अंकले घटेर चार सय ८६ दसमलव १६ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय सात वटा कम्पनीहरुको ९३ हजार पाँच सय ६८ पटकको कारोवारमा आज एक करोड ९२ लाख ५८ हजार छ सय ५६ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम आठ अर्ब ८० करोड १८ लाख तीन हजार दुुई सय १५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवा हुुंदा सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक उच्च अंकले घटकाछचन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दसमलव २९ अंकले घटेर १८ सय ७० दसमलव ८६ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा महिला लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुुडविल फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एभरेष्ट बैंक परेको छ ।